मुख्य समाचार

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : नेता डा कोइराला

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : नेता डा कोइराला


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेस बलियो भएमा मात्र लोकतन्त्र बलियो हुने बताएका छन् ।

गिरिजाप्रसाद कोइराला लेवर फाउन्डेसनद्वारा विराटनगरमा आयोजित श्रमिकलाई दिने व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सचेतना तालिमको आज उद्घाटन गर्दै नेता डा कोइरालाले पार्टी बलियो भएमा संविधानको कार्यान्वयन र लोकतन्त्र मजबुत हुने धारणा राखे ।

Advertisement

नेता डा कोइरालाले पार्टीको विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको तिक्तता हटाउन पार्टीमा बृहत एकता आवश्यक रहेको चर्चा गरे । उनले पार्टी सङ्गठित बनाउन आफू एकता अभियानमा लागेको बताए ।

उनले भने, “अहिले सङ्घीय संसद्मा सङ्ख्यात्मक रुपमा कांग्रेस कमजोर अवस्थामा रहेकाले पार्टीलाई एकढिक्का बनाएर लैजानुको विकल्प छैन ।” नेता डा कोइरालाले पार्टीमा के कारणले विवाद आयो, त्यो विषयमा नेतृत्व तहले सबैसँग बसेर वार्ता एवं छलफलबाट समाधान खोज्नु जरुरी रहेको बताए ।