मुख्य समाचार

कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ

कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ


शेयर गर्नुहोस:

351
Shares

  • change font
  • change font

काठमाडौँ । कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक बुधबार गुल्मीका २२ वर्षीय विपिन घिमिरेलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अछामको साँफेबगर नगरपालिका–४ घर भइ कीर्तिपुर वर्ष २५ का महेन्द्र शाह, कैलाली घर भई कीर्तिपुर पाँगा बस्ने वर्ष २३ का रवीन्द्र धामी र कैलालीको घोडाघोडी घर भई कीर्तिपुर नगरपालिका–८ सिनेमा हल बस्ने वर्ष २२ का रोशन बिष्ट रहेका छन् ।

Advertisement

कर्तव्य ज्यान लिने कसूरमा संलग्न रहेको आरोपमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी आज अदालतमा पेस गरेको हो ।

उनीहरुविरुद्ध थप अनुसन्धानका लागि सात दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।