मुख्य समाचार

रत्ननगर खानेपानीमा गठबन्धनका दीपकराज पौडेल निर्वाचित

रत्ननगर खानेपानीमा गठबन्धनका दीपकराज पौडेल निर्वाचित


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

चितवन । । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा गठबन्धनका उमेदवार दीपकराज पौडेल निर्वाचित भएका छन् । संस्थाको १५औँ साधारण सभा तथा सातौँ अधिवेशनमा पुराना दलको गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा भएको थियो ।

कांग्रेसका क्षेत्रीय सचिवसमेत रहेका पौडेलले रास्वपाका नन्दुकेशरी खनाललाई ३१४ मतान्तरले पराजित गरेका भएका हुन् । पौडेलले २५४४ र खनालले २२३० मत प्राप्त गरेका थिए । अध्यक्षका अर्का उमेदवार राष्ट्रिय जनमोर्चाका देवीराम शर्माले १६३ मत ल्याए ।

Advertisement

उपाध्यक्षमा नेपाली कम्युनिष्ट पार्टीका रामहरि अधिकारी २४८८ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका उमेदवारले १७९९ मत प्राप्त गरे । सचिवमा एमालेका प्रताप डल्लाकोटी विजयी भए । डल्लाकोटीले २१९९ मत प्राप्त गर्दा उपविजेता बनेका रास्वपाका टेकनाथ प्रसाईंले १८६३ मत र जनमोर्चाका डिल्लीप्रसाद पाध्यले ३०४ मत प्राप्त गरे ।

कोषाध्यक्षमा एमालेकी विरन्जना सापकोटा घिमिरे विजयी भइन् । उनले २४१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जयन्तीदेवी रानाभाटले १७९० मत पाइन् । लेखा समितिको संयोजक र दुई सदस्य रास्वपाले जितेको छ । लेखा समितिको संयोजकमा १५७३ मतसहित पुण्यप्रसाद देवकोटा विजयी भए । उनले नेपाली कम्युनिष्ट पार्टीका उमेदवार जीवनलाल नगरकोटीलाई पराजित गर । नगरकोटीले १५३२ मत प्राप्त गरे ।

लेखा समिति सदस्यहरुमा कल्पना शर्मा (१५११) र तिलक पौडेल (१७६३) विजयी भए । मूल समिति सदस्यमा बद्रिप्रसाद सुवेदी (१२३८), ईश्वरबहादुर घिमिरे (१२२३), आनन्दप्रसाद सुवेदी (११४१), रेनुका खनाल (११३३) र संगीता बस्ताकोटी (१०९९) विजयी भए ।

यस्तै, वडा नं १ को संयोजकमा भोजराज पौडेल, २ मा भरतमणि आचार्य, ३ मा गोपालप्रसाद पौडेल, ४ मा डम्बर गिरी, ५ मा इन्द्रप्रसाद रिमाल, ९ मा लेखनाथ आचार्य, १० मा खगनाथ पराजुली, ११ मा बमबहादुर गुरूङ, १२ मा रामप्रसाद भट्ट र १३ मा सन्तोषचन्द्र घिमिरे निर्वाचित भए । यस्तै, वडा नं ६ मा पुरुषोत्तम लामिछाने, ७ मा मथुरा चौधरी, ८ मा सन्तोषचन्द्र घिमिरे निर्विरोध निर्वाचन भए ।

निर्वाचित मुल समिति, लेखा समिति, वडा समितिलाई पद तथा गोपनीयताको शपथग्रहण तथा प्रमाणपत्र रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका प्रमुख निर्वाचित अधिकृत प्रकाश खनालले वितरण गरे ।

नवनिर्वाचित अध्यक्ष दीपकराज पौडेलले रत्ननगरमा भविष्यमा खानेपानीको अभाव झेल्न नपर्ने गरी योजना बनाएर काम गर्ने बताए । उनले गरिब तथा सीमान्तकृत समुदाय पैसा नभएर स्वच्छ खानेपानीबाट वन्चित हुनु नपर्ने बताए ।