मुख्य समाचार

सम्पत्ति विवरणबारे गृहमन्त्री गुरूङको स्पष्टोक्ति

सम्पत्ति विवरणबारे गृहमन्त्री गुरूङको स्पष्टोक्ति


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font

काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको स्पष्ट पारेका छन् ।

आफ्नो सम्पत्ति विवरणबारे विभिन्न सञ्चारमाध्यममा गरिएको टिकाटिप्पणीबारे स्पष्ट पार्दै मन्त्री गुरूङले त्यस सम्बन्धि विवरण मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सकिने बताए ।

Advertisement

मन्त्री गुरूङको सचिवालयले उक्त विषयमा प्रष्ट पार्दै भनेको छ, “सबै सेयर एउटै प्रकृतिका हुँदैनन्, धितोपत्र बजारमा कारोबार हुने सेयर दुई करोडभन्दा बढी लगानी रहेको सम्पत्ति विवरणमै स्ष्ट छ ।”

त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको मन्त्री गुरुङको सचिवालयले स्पष्ट पारेको छ । त्यस्तै उनले मन्त्री हुनुअघि सेयर किनियो भनेर बाहिर नकारात्मक धारणा बनाएकाप्रति असहमति जनाउँदै सेयर लगानी गर्नु अपराध नभएको बताए । साथै, कारोबार बैङ्किङ च्यानलमार्फत भएको र बैङ्कबाट गएको पैसाको सबै हिसाब स्पष्ट रहेको बताए ।