बिश्व घटना

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font

दुवई । साउदी अधिकारीहरूले एकै दिनमा लागूऔषध ओसारपसारको अभियोगमा दोषी ठहर भएका सात जनालाई मृत्युदण्ड दिएका छन् ।

पाँच साउदी र जोर्डनका दुई नागरिकलाई प्रतिबन्धित ‘एम्फेटामाइन’ चक्की ओसारपसार गरेको अभियोगमा दोषी ठहर गरेको साउदी प्रेस एजेन्सीले अधिकारीहरूलाई उद्धृत गरी जनाएको छ ।

Advertisement

“अपराधीहरूलाई विवेकपूर्ण सजायको रूपमा म आइतबार रियादमा मृत्युदण्ड दिइएको थियो,” साउदी प्रेस एजेन्सीले लेखेको छ।

साउदी अरबको सरकारी तथ्याङ्कमा आधारित एएफपीको तथ्याङ्कअनुसार सन् २०२६ को सुरूदेखि रियादले मृत्युदण्ड दिएका ६१ जनामध्ये लागुऔषधसँग सम्बन्धित मुद्दामा ३८ जनालाई मृत्युदण्ड दिएको छ ।

यस वर्ष मृत्युदण्ड दिइनेमध्ये ३३ जना अर्थात् अधिकांश विदेशी नागरिकहरू छन् ।

सन् २०२५ मा साउदी अरबमा मृत्युदण्डका घटनाले लगातार दोस्रो वर्ष उच्च रेकर्ड कायम गरेको थियो । सन् २०२५ मा अधिकारीहरूले ३५६ जनालाई मृत्युदण्ड दिएका थिए भने त्यसमध्ये लागूपदार्थसँग सम्बन्धित मामिलामा २४३ जना रहेका थिए ।

सन् १९९० मा एम्नेस्टी इन्टरनेसनलले खाडी अधिराज्यमा मृत्युदण्डका मुद्दाहरूको दस्तावेजीकरण गर्न थालेयता सन् २०२५ मा एकै वर्षमा दिइएका मृत्युदण्डको सङ्ख्या सबैभन्दा बढी हो । यस पहिले सन् २०२४ मा ३३८ जनालाई मृत्युदण्ड दिइएको उच्च रेकर्ड रहेको थियो ।

साउदी अरबले लागूऔषध मामिलामा मृत्युदण्डको प्रयोगलाई करिब तीन वर्षसम्म निलम्बन गरेपछि सन् २०२२ को अन्त्यदेखि लागूऔषध अपराधका लागि मृत्युदण्डको सजाय पुनः सुरू गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार अरब विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र लागुऔषध ओसारपसारका लागि सबैभन्दा ठूलोमध्येको बजार पनि हो ।

अपदस्थ सिरियाली नेता बशर अल–असदको नेतृत्वमा रहेको सिरियाबाट उहाँ सबैभन्दा ठूलो निर्यात हुने गरेको बताउने गरिएको छ ।

खाडी राज्यले मृत्युदण्डको प्रयोगलाई लिएर निरन्तर आलोचनाको सामना गर्नु परेको छ, जसलाई अधिकारवादी समूहहरूले अत्यधिक भन्दै निन्दा गरेका छन् र यो विश्वसामु आधुनिक छवि प्रस्तुत गर्ने साउदी अरबको प्रयासको विपरीत छ ।

अधिकारकर्मीहरू भन्छन्, “रियादले मृत्युदण्डलाई निरन्तर अँगालेको छ जसले अधिक खुला, सहिष्णु समाजको छविलाई कमजोर पार्छ । राजकुमार मोहम्मद बिन सलमानको सामाजिक र आर्थिक सुधारको एजेन्डाको केन्द्रबिन्दु लागूऔषध कारोबार नियन्त्रण हो । एएफपी