काठमाडौँ । नेकपा संयुक्तले भदौ २३ र २४ गतेको घटनामा गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अस्वीकार गरेको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भएको भन्दै अस्वीकार गरेको हो ।
शनिबार बसेको नेकपा संयुक्तको महाधिवेशन आयोजक समिति बैठकले आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही भएकोले बहालवाला न्यायाधीशको अध्यक्षतामा शक्तिशाली छानबिन आयोग गठन गरी संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
बैठकले २०४८ देखिएका उच्चपदस्थ कर्मचारी, राजनीतिक व्यक्तिहरु, न्यायपालिकाका पदाधिकारी एवम् सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरी कारबाही गर्न माग गरेको छ ।
लोकतान्त्रिक प्रक्रिया र संघसंस्थालाई नियन्त्रण तथा सङ्कुचन गर्ने प्रक्रिया तत्काल बन्द गर्न, सबै खाले असमान सन्धि सम्झौता खारेजलगायत ११ बुँदे प्रस्ताव पारित गरेको छ ।












प्रतिक्रिया