मुख्य समाचार

राष्ट्रियसभा बैठक : सरकारको कामका आधारमा मूल्याङ्कन गरिने

राष्ट्रियसभा बैठक : सरकारको कामका आधारमा मूल्याङ्कन गरिने


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग गर्ने बताएका छन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले नयाँ सरकार गठन भएकोमा बधाई दिँदै जनताको हितमा काम गरेमा पूर्णसहयोग रहने बताए । उनले भने, “सरकारको कामका आधारमा मूल्याङ्कन गरिने छ ।”

Advertisement

नेपाल कम्युनिष्ट पार्टीका सांसद मदनकुमारी शाह गरिमाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलिदानीबाट प्राप्त भएको उल्लेख गर्दै सरकारका १०० दिने कार्यसूची अपूर्ण रहेको आरोप लगाइन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमालें)का सांसद प्रेमप्रसाद दंगालले सरकारलाई बधाई दिँदै जनताको जीवनस्तर सुधार, राष्ट्रियता र एकता सुदृढीकरणमा ध्यान दिनुपर्ने बताए । उनले कार्की आयोगको प्रतिवेदनका आधारमा भएका पक्राउ गरिएकोप्रति आपत्ति जनाए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका पूजा चौधरीले सुशासनका लागि सरकारका प्रयासमा समर्थन जनाउँदै भ्रष्टाचार नियन्त्रणको प्रयास स्वागतयोग्य छ भने ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुरले गणतन्त्र सङ्घर्षबाट प्राप्त भएको स्मरण गराउँदै बेरोजगारीजस्ता समस्या अझै कायम रहेको बताए । त्यस्तै, राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले कार्की आयोगको छानबिन एकपक्षीय रहेको भन्दै निष्पक्ष अनुसन्धानको माग गरे ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा वाचन गरेर बैठकमा सुनाए । साथैसाथै, राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन चैत २३ गते र विषयगत समितिका सभापतिको निर्वाचन चैत २४ गते गर्ने कार्यतालिका तय गरिएको जानकारी अध्यक्ष दाहालले जानकारी गराए ।

राष्ट्रियसभाको अर्को बैठक यही चैत २२ गते आइतबार १२ बजेर १५ मिनेटमा बस्नेछ ।