मुख्य समाचार

योगेशलाई कांग्रेस संसदीय दलको नेता बनाउन खड्काको प्रस्ताव

योगेशलाई कांग्रेस संसदीय दलको नेता बनाउन खड्काको प्रस्ताव


शेयर गर्नुहोस:

945
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कांग्रेस संसदीय दलको नेता योगेश गौचन थकालीलाई बनाउनुपर्ने बताएका छन् ।

मुस्ताङबाट दोस्रोपटक प्रत्यक्ष निर्वाचित सांसद गौचनलाई दलको नेता बनाउन कांग्रेस लाग्नुपर्ने उनले बताएका हुन् । ३६ वर्षको युवा बालेन प्रधानमन्त्री भएकोमा बधाई दिँदै कांग्रेसले ३० वर्षको युवा नेता गौचनलाई कांग्रेसले दलको नेता बनाएर म्यासेज दिनुपर्ने बताए ।

Advertisement

कांग्रेस संसदको प्रमुख प्रतिपक्षी दल भएकोले विपक्षी दलको नेता प्रधानमन्त्री भन्दा कम उमेरको बनाएर पार्टीले कांग्रेस युवाहरूको पक्षमा रहेको सन्देश दिनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री बालेनसँग वार्ता एव छलफल गर्न गौचनलाई सहज र संसदलाई प्रभावकारी बनाउन दबाब दिन सहज हुने भएकोले पार्टीको नेता अर्जुननर्सिह केसीभन्दा गौचन उपयुक्त हुने उनको भनाइ छ । युवा प्रधानमन्त्री शाहसँग उमेरले पाका केसीलाई राजनीतिक प्रतिवाद तथा असहमति भए ह्युमीलेट हुनसक्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

मुस्ताङबाट प्रत्यक्ष निर्वाचित सांसद् गौचन पूर्वमन्त्री रोमी गौचनको छोरा हुन् । राजनीतिक परिवारमा हुर्किएका गौचन सक्षम र योग्य युवा नेता हुन् । २०७९ मा प्रत्यक्ष निर्वाचित सासद् गौचन २०८२ मा पनि मुस्ताङबाट प्रत्यक्ष निर्वाचित भएका लोकप्रिय नेता हुन् । पार्टीले जिम्मा दिए दलको नेता भएर काम गर्ने र संसद्लाई प्रभावकारी बनाउने गौचनले बताए ।