मुख्य समाचार

असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँ : सांसद थकाली

असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँ : सांसद थकाली


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले जनादेश र मतादेशको उच्च सम्मान गर्दै आफ्नो पार्टीले असल प्रतिपक्षीय भूमिका निर्वाह गर्ने बताएका छन्।

सङ्घीय संसद्मा आज सपथ ग्रहण गरिसकेपछि रासससँग कुरा गर्दै सांसद थकालीले कांग्रेसलाई निर्वाचनबाट प्रतिपक्षीय भूमिकाको जिम्मेवारी मिलेको उल्लेख गरे। सोही बमोजिम एउटा असल जनप्रतिनिधि हुँदै असल प्रतिपक्षीय भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

Advertisement

‘हिजोको कमी कमजोरीलाई स्वीकारेर थप परिष्कृत ढङ्गले एउटा असल जनप्रतिनिधि बन्ने प्रयासको क्रममा मैले मेरो तर्फबाट जति पनि योगदान दिन सक्छु, सबै विधि विधायनको प्रक्रियामा होस्, चाहे जिल्लाको र समग्र राष्ट्रकै साझा चुनौती र अवसरको विषयमा होस्, मेरो तर्फबाट भरपुर मेहनत हुनेछ’, सांसद थकालीले भने।

यो ऐतिहासिक क्षणमा अझ थप जिम्मेवार बोध र जुन साझा चुनौती तथा अवसरलाई अझ पेचिलो ढङ्गले जिम्मेवारी बोध गरेको सांसद थकालीले बताए।