मुख्य समाचार

समानुपातिक प्रणालीतर्फ एक करोड ७ लाख ३९ हजार बढी मतगणना

समानुपातिक प्रणालीतर्फ एक करोड ७ लाख ३९ हजार बढी मतगणना


शेयर गर्नुहोस:

324
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड ७ लाख ३९ हजार ११५ मतगणना भएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको अद्यावधिक विवरणअनुसार बुधबार बिहान ११ः०० बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ५१ लाख ३९ हजार २३५ मत प्राप्त गरेको छ । प्रतिशतका हिसाबले रास्वपाले ४७.८५ प्रतिशत मत प्राप्त गरेको छ ।

Advertisement

यस्तै, नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३, नेकपा (एमाले)ले १४ लाख ४८ हजार ८५४, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आठ लाख ५ हजार ७७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ६४९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन लाख २९ हजार ४७२ मत प्राप्त गरेको छ ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालले एक लाख ७४ हजार ३१७, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ५०१ र जनमत पार्टीले ७८ हजार ९७३ मत प्राप्त गरेको छ । तीन संयुक्त पार्टीको ६१ हजार ५३४ र अन्य साना पार्टीको ५० हजार भन्दा कम आएको छ । मतगणना लगभग अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

शेयर गर्नुहोस:

324
Shares