मुख्य समाचार

चितवन–१ मा रास्वपाका हरि ढकाल ४५ हजार बढी मतान्तरले विजयी

चितवन–१ मा रास्वपाका हरि ढकाल ४५ हजार बढी मतान्तरले विजयी


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font

चितवन । चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकाल भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ढकालले ५८ हजार २०८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत प्राप्त गरेका छन् । ढकालले बुर्लाकोटीभन्दा ४५ हजार १७५ मतान्तरले विजयी भएका हुन् ।

Advertisement

यस्तै, अन्य उम्मेदवारमध्ये नेकपा (एमाले)का दावादोर्जे लामाले १० हजार ८९९ मत प्राप्त गरेका छन् भने नेकपाका कृष्णराज पन्तले ४ हजार ८१ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बलराम शर्माले २ हजार ३०२ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा कुल ९६ हजार १५४ मत खसेको थियो ।