मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

देशको भविष्य नेपाली कांग्रेससँग जोडिएको छ : प्रवक्ता चालिसे

देशको भविष्य नेपाली कांग्रेससँग जोडिएको छ : प्रवक्ता चालिसे


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले देशको भविष्य कांग्रेससँग जोडिएको बताएका छन् । जिम्मेवार लोकतान्त्रिक राजनीतिक पार्टीका रूपमा जनताको आदेश शिरोधार्य गर्ने उनको भनाइ छ ।

प्रतिनिधिसभा निर्वाचन–२०८२ को सन्दर्भमा जानकारी दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान अवस्थाको समीक्षा गर्दै भरपर्दो भविष्यका एजेन्डासहित जनतामाझ जाने तयारी रहेको जानकारी दिए ।

Advertisement

‘सुधारिएको देश र जनमैत्री प्रशासनका विषयवस्तु नै प्रचारप्रसारका विषय हुनेछन्, सामाजिक सञ्जालमा पोखिने आक्रोश र मतपत्रमा लगाइने छापमा फरक हुन्छ’, उनले भने।

पार्टीभित्र सुधारको अपेक्षा सम्बोधन गर्न धारणा संकलन भइरहेको उनले बताए। प्रचारप्रसारका गतिविधिबारे नियमित जानकारी गराइने र पार्टीभित्र विचार–विमर्श निरन्तर रहने उनको भनाइ थियो । फागुन ६ गते जनकपुरमा जनसभा आयोजना गर्ने तयारी रहेको पनि उनले जानकारी दिए। कांग्रेसप्रति जनअपेक्षा बुझ्न ‘डबली’ कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ।

निर्वाचन आचारसंहिताप्रति उच्च सम्मान रहेको उल्लेख गर्दै प्रचारप्रसार विवेकपूर्ण र सम्मानजनक ढंगले गरिने उनले बताए । घरदैलो कार्यक्रममा उम्मेदवार पुगेपछि कार्यकर्ता र मतदातामा उत्साह देखिएको तथा देशभर कांग्रेस प्रवेशको क्रम बढ्दो रहेको उनले उल्लेख गरे।

लोकतन्त्रको संरक्षण र व्यवस्थाको सुदृढीकरणका लागि सबै तहका नेता, कार्यकर्ता र नागरिकको सहभागिता आवश्यक रहेको उनले बताए ।

ुदेशको अर्थतन्त्र र नागरिकसँग भएका क्षमता तथा सम्भावनालाई कसरी देशको अर्थतन्त्रमा पुँजीकृत गर्ने भनेर कांग्रेसले ध्यान दिन्छ, देशभित्र लगानीको वातावरण तयार गर्न, देशभित्रको पुँजीको संरक्षण गर्न र अन्तरराष्ट्रिय लगानी भित्र्याउन कांग्रेसले जिम्मेवार भएर काम गर्छ’, उनले भने ।

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि तयार पारिएको प्रतिज्ञापत्र आइतबार दिउँसो २ः०० बजे सानेपास्थित केन्द्रीय कार्यालयमा सार्वजनिक गरिने पनि उनले जानकारी दिए ।

शेयर गर्नुहोस:

81
Shares