मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

मलद्वार र डस्टबिनमा लुकाइएको सुन बरामद, दुई जना पक्राउ

मलद्वार र डस्टबिनमा लुकाइएको सुन बरामद, दुई जना पक्राउ


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल प्रहरीले दुई छुट्टाछुट्टै घटनामा सुनसहित दुई जनालाई पक्राउ गरेको छ । एक जनालाई मलद्वारमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको हो भने एक जनालाई डस्टबिनमा सुन लुकाएर लैजाने क्रममा पक्राउ गरिएको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार मलद्वारमा सुन लुकाउने भारतीय नागरिक हुन् भने अर्को नेपाली हुन् । बुधबार फ्लाई दुबईको उडानबाट काठमाडौँ आएका भारतीय नागरिक अबु बरकतलाई मलद्वारमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको उनले बताए ।

Advertisement

शङ्का लागेर जाँच गर्दा मलद्वारभित्र सुन लुकाएको पाइएपछि शौच गराएर १०० ग्रामको अर्धठोस सुन निकालिएको थियो ।

यस्तै, विमानस्थलमै सुरक्षा छलेर सुन निकाल्न खोज्ने सुनगाभा सगरमाथा सर्भिस प्रालिका सरसफाइ कर्मचारी डिकबहादुर राउतलाई पनि सुनसहित पक्राउ गरिएको उनले बताए । उनलाई विमानस्थलभित्र राखिएको डस्टबिनबाट फोहरसँगै निकाल्ने क्रममा पक्राउ गरिएको हो ।

उनले निकाल्न लागेको फोहरको पोकोबाट ४.४ ग्रामका सुनका सिक्रीका टुक्रा फेला पारिएको छ । आजै अनुसन्धानका लागि उनीहरूलाई विमानस्थल भन्सार कार्यालय पठाइएको पनि सिलवालले बताए ।

शेयर गर्नुहोस:

81
Shares