मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार

जर्जियामा गोली चल्दा नेपाली मूलका प्रहरी प्रदीप तामाङको निधन

जर्जियामा गोली चल्दा नेपाली मूलका प्रहरी प्रदीप तामाङको निधन


शेयर गर्नुहोस:

11.1k
Shares

  • change font
  • change font
  • change font

एटलान्टा (जर्जिया) । अमेरिकाको जर्जिया राज्यस्थित ग्विनेट काउन्टीमा आइतबार बिहान भएको गोलीकाण्डमा ड्युटीमा खटिएका नेपाली मूलका प्रहरी प्रदीप तामाङको मृत्यु भएको छ । सोही घटनामा अर्का एक प्रहरी गम्भीर घाइते भएका छन् ।

घटनाको विवरण ग्विनेट काउन्टी प्रहरी विभागका अनुसार आइतबार बिहान करिब साढे सात बजे ‘इस्ट पार्क प्लेस ब्लभर्ड’स्थित एउटा ठगी (फ्रड)सम्बन्धी उजुरीको छानबिनका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो । सोही क्रममा ३५ वर्षीय संदिग्ध व्यक्ति केभिन एण्ड्र्यूजले प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

Advertisement

गोली लागेर २५ वर्षीय प्रहरी प्रदीप तामाङ र मास्टर पुलिस अफिसर डेभिड एम. रिड घाइते भएका थिए । जवाफी कारबाहीमा प्रहरीले चलाएको गोली लागेर संदिग्ध एण्ड्र्यूज पनि घाइते भएका छन् । सबैलाई तत्काल अस्पताल पुर्‍याइए पनि तामाङलाई बचाउन नसकिएको सन्चारमाध्यमहरुले प्रहरीलाई उधृत गर्दै जनाएका छन् ।

मृतक प्रदीप तामाङ सन् २०२४ जुलाईमा प्रहरी सेवामा प्रवेश गरेका थिए । उनले मे २०२५ मा मात्रै १२१ औँ प्रहरी एकेडेमीबाट स्नातक पूरा गरी फिल्डमा काम सुरू गरेका थिए । सेवामा प्रवेश गरेको छोटो समयमै ज्यान गुमाउनुपरेको भन्दै विभागले गहिरो दुःख व्यक्त गरेको छ ।

अर्का घाइते अधिकारी डेभिड एम. रिड, जो सन् २०१५ देखि विभागमा कार्यरत छन्, उनको अवस्था अहिले स्थिर रहेको बताइएको छ।

आक्रमणकारी केभिन एण्ड्र्यूज हाल प्रहरी निगरानीमा अस्पतालमा उपचाररत छन् । अस्पतालबाट डिस्चार्ज हुनासाथ उनलाई ग्विनेट काउन्टी जेल चलान गरिने र हत्या प्रयास लगायतका विभिन्न मुद्दा चलाइने प्रहरीले जनाएको छ । घटनाको विस्तृत अनुसन्धानको जिम्मा ‘जर्जिया ब्युरो अफ इन्भेस्टिगेसन’लाई दिइएको छ ।

सहयोगको अपिल प्रहरी विभाग र ग्विनेट काउन्टी पुलिस फाउन्डेसनले मृतक तामाङको परिवार र घाइते अधिकारीको सहयोगका लागि आधिकारिक रूपमा आर्थिक संकलन सुरू गरेको छ।

शेयर गर्नुहोस:

11.1k
Shares