मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

धनुषा । मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ ।

विभिन्न चार वटा कलष्टरतर्फ भएका निर्वाचनमा फरक–फरक दलका उम्मेदवार विजयी भएका छन् । महिला कलष्टरतर्फ नेकपा (एमाले)की रेखा झा सात हजार २२२ मतसहित विजयी भइन् । । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की शमीकुमारी अग्रवालले एक हजार ९४४ मत प्राप्त गरिन् भने जनता समाजवादी पार्टी (जसपा) की चन्द्रकलादेवी साहले ३२२ मत प्राप्त गरिन् । यस कलष्टरमा ३५७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

Advertisement

अल्पसङ्ख्यक कलष्टरतर्फ नेपाली कांग्रेसका रञ्जित कर्ण आठ हजार ९३ मतसहित विजयी भए । नेकपाका रामनन्दन प्रसादले एक हजार ३६१ मत तथा जसपाका शैलेशकुमार चौधरीले २७७ मत प्राप्त गरे । यसतर्फ ११४ मत बदर भएको छ ।

दलित कलष्टरतर्फ नेपाली कांग्रेसका धर्मेन्द्र पासवान सात हजार ९०४ मतसहित निर्वाचित भए । नेकपाका शम्भु पासवानले एक हजार ३७६ मत र जसपाकी चमेलीदेवी दासले २०९ मत प्राप्त गरे । यस कलष्टरमा १८६ मत बदर भएको जनाइएको छ ।

अन्य कलष्टरतर्फ जसपाका महन्थ ठाकुर सात हजार ७२५ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी नेकपाका लक्ष्मण पौडेलले एक हजार ८०५ मत प्राप्त गरे भने ३१५ मत बदर भएको छ ।

निर्वाचन कार्यालयका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत मधेस प्रदेशमा कूल १०० प्रदेशसभा सदस्यमध्ये ९९ जना तथा २६४ पालिका प्रतिनिधि (प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष) मध्ये २४२ जनाले मतदान गरेका थिए ।

शेयर गर्नुहोस:

216
Shares