मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सुदूरपश्चिमबाट कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

सुदूरपश्चिमबाट कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

सुदूरपश्चिम । राष्ट्रियसभा निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढीमा आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा (एमाले)की लिलाकुमारी भण्डारी विजयी भए । अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन् ।
कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार पाए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले एक हजार ८०५ मतभार प्राप्त गर्नुभएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
यस्तै, महिलातर्फ विजयी एमालेकी भण्डारीले तीन हजार ९८४ मतभार पाए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले एक हजार ६७६ मतभार पाए । कुल २२४ मतदाता रहेकामा ४९ प्रदेशसभा सदस्य र १७१ पालिकाका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष गरी २२० मतदाताले मतदानमा भाग लिए ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, प्रदेशसभा सदस्यद्वय नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा र राप्रपाकी खेमादेवी विष्ट, कैलालीको जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरिया मतदानमा अनुपस्थित रहे । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित दुई सदस्य पदको पदावधि आगामी फागुनमा सकिन लागेकाले यी दुई पदका लागि निर्वाचन भएको हो ।
त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभाका एक सदस्य निलम्बनमा परेको र अर्का एक सदस्यले राजीनामा दिएका छन् । यस्तै, ८८ पालिका तहका प्रमुख, उपप्रमुख÷अध्यक्ष, उपाध्यक्ष गरी १७६ मतदाता छन् । नेपाली कांग्रेस र नेकपा ९एमाले०ले राष्ट्रिय सभा सदस्यको चुनावमा गठबन्धन गरेको थियो ।

शेयर गर्नुहोस:

189
Shares