मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा तिमिल्सिना र देवकोटा विजयी

गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा तिमिल्सिना र देवकोटा विजयी


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

कास्की । राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत गण्डकी प्रदेशबाट ‘अन्य समूह’ मा नेपाली कांग्रेसका जगत तिमिल्सिना र ‘महिला समूह’ मा नेकपा (एमाले)का उम्मेदवार सम्झना देवकोटा विजयी भएका छन् ।

पोखरामा आज सम्पन्न मतदानमा तिमिल्सिनाले पाँच हजार ३३ मतभारसहित विजयी हुँदा उनका निकटतम प्रत्याशी नेपाली कम्युनिष्ट पार्टीका कपिल लामाले ९४१ मतभार पाए । यस समूहमा राष्ट्रिय जनमोर्चाका शङ्करप्रसाद बरालले ७६ मतभार पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Advertisement

यसैगरी महिला समूहमा एमालेका देवकोटाले पाँच हजार १४ मतभार पाए । नेपाली कम्युनिष्ट पार्टीका गोमा लुइँटेल घिमिरेले ९४१ मतभार पाएका थिए । राष्ट्रिय जनमोर्चाका लक्ष्मी बाँस्कोटाले ७६ मतभार पाए ।

राष्ट्रियसभा चुनावका लागि गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा ९एमाले० ले साझा उम्मेदवार उठाएका थिए । राष्ट्रियसभामा प्रदेशसभाका ५९ सदस्यमध्ये ५७ जना र स्थानीय तहका १६९ मतदातामध्ये १६६ जनाले मतदान गरेका प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना प्रदेशसभा सदस्य र स्थानीय तहका तीन जनप्रतिनिधि मतदानमा अनुपस्थित रहे । विजयी उम्मेदवारलाई निर्वाचन अधिकृत हिमलाल बेल्बासे, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायतले प्रमाणपत्र वितरण गरे ।

पोखरा महानगरपालिका–७ रत्नचोकस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान भएको थियो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता हुने कानुनी व्यवस्था छ ।

शेयर गर्नुहोस:

27
Shares