मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता

गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

गोरखा । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ गतेको निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आज उम्मेदवारी फिर्ता लिएका छन् ।

गोरखा नगरपालिका–८, स्थित निर्वाचन कार्यालयमा आफ्ना प्रतिनिधि नारायण खत्रीमार्फत डा भट्टराईले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्बासेले जानकारी दिए । उनले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तर्फबाट उम्मेदवारी दिएका थिए ।

Advertisement

त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा क्षेत्र नं १ का उम्मेदवार गोपालबाबु श्रेष्ठले पनि आज आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । कार्यालयमा प्रस्तावक तथा समर्थकसहित उपस्थित भएर श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन् ।

उनीहरुको उम्मेदवारी फिर्ता भएसँगै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नं १ मा अब १२ जना र क्षेत्र नं २ मा १३ जना उम्मेदवार कायम भएको छ ।

शेयर गर्नुहोस:

162
Shares