मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

एमालेका अध्यक्ष अध्यक्ष ओलीद्वारा मनोनयन दर्ता

एमालेका अध्यक्ष अध्यक्ष ओलीद्वारा मनोनयन दर्ता


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्ष ओलीले आज मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्तापश्चात् सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै निर्वाचनमा आफ्नो प्रतिस्पर्धी नरहेको बताए । अध्यक्ष ओली यसअघि २०७९ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

Advertisement

निर्वाचन अधिकृत विदुरकुमार कार्कीका अनुसार हालसम्म निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले पनि आफ्नो मनोनयन दर्ता गराइसकेका छन् । साह यसअघि काठमाडौँ महानगरपालिकाकाको प्रमुख थिए । नगरप्रमुखबाट राजीनामा दिएर साह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट झापा–५ मा उम्मेदवार बनेका हुन् ।

सोही क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीबाट नेता रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सङ्ग्रौला, पिपुल फर्स्ट पार्टीका धर्मराज गुरागाईं, मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर मेचे, राष्ट्रिय परिवर्तन पार्टीका सचिन राई र स्वतन्त्र उम्मेदवार मातृका भट्टराईलगायतको मनोनयन दर्ता भएको छ ।

शेयर गर्नुहोस:

81
Shares