मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

उमेदवारी मनोनयनको मिति फेरबदल हुँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

उमेदवारी मनोनयनको मिति फेरबदल हुँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त


शेयर गर्नुहोस:

378
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उमेदवारी दर्ताको मिति संशोधन नहुने बताएका छन् । आयोगले सोमबार सार्वजनिक गरेको भिडियो सन्देशमा भण्डारीले मंगलबार (माघ ६) बिहान १० देखि साँझ ५ बजेसम्म समय रहेको बताएका हुन् ।

“माघ ६ गते जो–जो चुनिन चाहनुहुन्छ । उहाँहरूको मनोनयनपत्र दाखिला गर्ने समय हो । बिहान १०ः०० देखि बिहान ५ः०० बजेसम्म । त्यो प्रयोजनका लागि आयोगले हिजो राति १२ बजेबाट आचारसंहिता लागु भएको स्थिति हो,” उनले भनेका छन् ।

Advertisement

भण्डारीले अब कुनै पनि पूर्वनिर्धारित तालिका संशोधन गर्ने समय नरहेको बताएका छन् । “अब कुनै पनि विषयवस्तुलाई पर सारे, संशोधन गर्ने, थप्ने घटाउनेलगायत विषयवस्तु सकिसकेको हुनाले तोकिएकै समयमा चुनिन चाहने, दल, स्वतन्त्र उमेदवारहरूले भोलि बिहान १०ः०० देखि ५ः०ण् बजेसम्म मनोनयन दाखिल गराउनुहुन्छ,” उनले भनेका छन् ।

उनले थप भनेका छन्, “मनोनयनपत्र दाखिल गर्नुपर्ने तर, अहिले काठमाडौँमा नै रहनुभएको उमेदवारको हकमा पनि आफ्नो प्रतिनिधिमार्फत समर्थक, प्रस्तावकमार्फत लगायत आफैँ स्वयम् उपस्थित भएर मनोनयन पत्र दाखिल गर्नसक्ने कानुनी व्यवस्था भएकाले कोही चाहिँ आफ्नो निर्वाचन क्षेत्र पुगेर मनोनयन दाखिल गर्न सक्नुहुन्न कि भन्ने सन्दर्भलाई लिएर कार्यक्रममार्फत संशोधन हुन सक्दैन । तोकिएकै समयमा मनोनयन पत्र दाखिल हुन्छ ।”

भण्डारीले तोकिएको समयमा नै निर्वाचन हुने बताएका छन् । उनले मनोयन दर्ता गर्न असहज हुनेलाई आयोगले सहजीकरण गर्ने उल्लेख गरेका छन् ।

शेयर गर्नुहोस:

378
Shares