काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता पूर्णबहादुर खड्काले आफूहरूले सबैखाले लडाइँ लड्ने बताएका छन् ।
शुक्रबार निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि खड्काले यस्तो बताएका हुन् ।
“नेपाली कांग्रेसको विधानविपरीत निर्णय आएको छ । यो पूर्ण रूपमा षड्यन्त्रपूर्ण निर्णय आएको छ,” उनले भने ।
उनले आयोगको निर्णय आफूहरूलाई मान्य नहुने बताए । “वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्छौँ,” उनले भने ।












प्रतिक्रिया