मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्तासम्बन्धी प्रक्रिया अघि बढाउन स्वीकृति दिएको छ ।

कार्यालयले आज विभिन्न अदालतमा रहेका उक्त मुद्दासम्बन्धी अभियोग संशोधन गर्न स्वीकृति दिएको हो ।

Advertisement

“रवि लामिछाने प्रतिवादी भएको मुद्दाहरूमा समेत लगाइएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग कास्की, काठमाडौँ, रुपन्देही र पर्सा जिल्ला अदालतमा चितवन जिल्ला अदालतमा भए सरह ठगी तथा सहकारी ठगीमा गरिएको अभियोग कायम गरी सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दाबी निजको हकमा कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम अभियोग संशोधन हुनेगरी स्वीकृति दिने निर्णय गरिएको छ”, महान्यायाधिवक्ता सविता भण्डारीद्वारा प्रमाणित टिप्पणीमा उल्लेख छ ।

महान्यायाधिवक्ता कार्यालयको स्वीकृतिसँगै अब जिल्ला सरकारी वकिलको कार्यालय कास्की, रुपन्देही, काठमाडौँ र पर्साबाट आवश्यक कारबाही अघि बढ्नेछन् ।

लामिछानेले आजै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्मको मुद्दा फिर्ता लिन महान्यायाधिवक्तासमक्ष निवेदन दिएका थिए ।

शेयर गर्नुहोस:

162
Shares