ड्यालस (टेक्सस) । टेक्ससको ड्यालसबाट सुरू भएको नमस्ते फर्निचरले ९औँ बार्षिक उत्सव भव्य रूपमा अाइतबार मनाएको छ ।
ड्यालसबाट सुरू भएर हाल पेन्सलभेनियामा समेत शाखा विस्तार गर्न सक्षम नमस्ते फर्निचरले नेपाली समुदायलाइ सरल र शुपथ मुल्यमा फर्निचरहरू उपलव्ध गराइरहेको छ । बार्षिक उत्सवको विशेष समारोहमा फर्निचरले सेवाग्राहीहरूको साथ र सहयोगका निम्ति धन्यवाद ज्ञापन गरेको छ ।

विशेष समारोहमा गायीका अञ्जु पन्तले गीत संगीतको माध्यमबाट अतिथिहरूलाइ स्वागत गरेकी थिइन् । त्यस अवसरमा उनले लोकप्रिय गीतहरू गाएर सहभागीहरूलाइ मन्त्रमुग्ध पारिन् ।

कार्यक्रममा नमस्ते फर्निचरका चिफ फाइनान्स अफिसर रोशन घिमिरेले सहभागीहरूलाइ स्वागत गर्दै ग्राहकका रोजाइ र चाहना अनि क्रयशक्ति बमोजिम फर्निचरहरू उपलव्ध गराइरहेको उल्लेख गरे ।
त्यस अवसरमा प्रेम थापा, चन्द्रकान्त उपाध्याय, नायक सुधांशु जोशी तथा रियल्टर दिलिप सुवेदी लगायत विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सुरेशदर्पण पोखरेलले गरेका थिए ।














प्रतिक्रिया