ड्यालस (अमेरिका) । जीवन विज्ञान अमेरिकाको आयोजनामा टेक्ससको ड्यालसमा आयोजित सप्ताहव्यापी चक्र विज्ञान शिविर सम्पन्न भएको छ ।
समारोहमा सहभागीहरुले सात दिनसम्म शिविरमा सहभागी हुँदाका अनुभवहरु शेयर गरेका थिए । गत शुक्रबारदेखि सुरू भएको शिविरमा टेक्ससका मात्र नभएर अन्य राज्यहरुबाट समेत सहभागिता रहेको थियो ।
उक्त शिविरमा एकसय ५० जनाको सहभागिता थियो । सात दिनसम्म जीवन विज्ञान नेपालबाट आउनुभएका एलपी भानु शर्मा र रमेश नेपालले प्रवचनका लागि योगाभ्यास, योगका चक्रहरुमा विषयमा वृहद रुपमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रम संयोजक अञ्जु चुडालका अनुसार कार्यक्रम सोचिएको भन्दा पनि व्यापक सहभागिताबीच सफल भएको छ । जीवन विज्ञान अमेरिकाले यस्ता कार्यक्रमहरु नियमित कार्यतालिका बनाएर हरेक वर्ष आयोजना गर्ने सोच बनाएको छ ।












प्रतिक्रिया