मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

देश बनाउन श्रमदान आवश्यक पर्छ : अध्यक्ष राई

देश बनाउन श्रमदान आवश्यक पर्छ : अध्यक्ष राई


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)ले नीति निर्माणका साथै देश समृद्ध बनाउन श्रमदान अनिवार्य रहेको बताएका छन् ।

आज इटहरी उपमहानगरपालिका–५ मा आयोजित पार्टीको सङ्गठन विस्तार कार्यक्रममा अध्यक्ष राई लोकतन्त्र, राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै नागरिक सचेत र एकजुट हुनुपर्नेमा जोड दिए । उनले भने, “श्रम, माटो र जनताको प्रत्यक्ष सहभागिताबाट मात्रै देशको निरन्तरता विकास र समृद्धि सम्भव हुन्छ ।”

Advertisement

अध्यक्ष राई देशको समृद्धि हामीबीचको एकता र सहकार्यबाट हासिल हुने धारणा राखे । “जलेर खरानी भएको हाम्रो देश सबै मिलेर पुनःस्थापना गर्नुपर्छ । भावनामा बहकिएर होइन, देश र जनताको हितमा काम गर्ने, देश बनाउने र बचाउनेलाई आगामी निर्वाचनमा भोट दिनुहोस् ।”

आगामी फागुनमा हुने निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न÷गराउन सरोकार भएका निकायले विशेष योजनासहित आवश्यक समन्वय गर्नुपर्नेमा अध्यक्ष राईले जोड दिनुभयो । निर्वाचन नहुँदा देशको लोकतन्त्र अपहरणमा पर्ने खतरा रहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थाको मूल आधार आवधिक निर्वाचन भएकाले सबैले स्वस्थ सहभागिता जनाउनुपर्ने धारणा राखे ।

उनले भने, “भ्रष्टाचार, परम्परागत राजनीति र विदेशी प्रभावप्रति सचेत रहन आग्रह गर्दै देश विकासका लागि कलमले मात्र पनि हुँदैन, गैँटी र बेल्चा चलाउन पनि आवश्यक छ । म व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि काम गर्छु ।”

शेयर गर्नुहोस:

54
Shares