मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

निर्वाचनबाट कांग्रेस भाग्दैन : नेता डा कोइराला

निर्वाचनबाट कांग्रेस भाग्दैन : नेता डा कोइराला


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने बताएका छन् । मोरङ समाज काठमाडौँको वार्षिक साधारणसभालाई मंगलबार उद्घाटन गर्दै कोइरालाले सरकारले निर्वाचनको आवश्यक वातावरण बनाए कांग्रेस निर्वाचनबाट नभाग्ने बताए ।

“कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी हो, आवश्यक वातावरण बनाए कांग्रेस निर्वाचनबाट भाग्दैन”, उनले भने । सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको उनको भनाइ थियो ।

Advertisement

कोइरालाले सबै राजनीतिक दलले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढङ्गले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको बताए ।

“जेनजी आन्दोलनका क्रममा हजारौँ कैदीबन्दी भागेका छन्, प्रहरीका सयौँ हतियार लुटिएका छन्, प्रहरीको मनोबल खस्किएको छ, यस्तो अवस्थामा निर्वाचन गर्न सकिन्छ कि सकिँदैन”, उनले भने ।

शेयर गर्नुहोस:

81
Shares