मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता


शेयर गर्नुहोस:

648
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । महाराजगञ्जमा सोमबार देउवा र ओलीबीच भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको हो।

११औँ महाधिवेशनबाट तेस्रो पटक एमाले अध्यक्ष बनेका ओली महासचिव शंकर पोखरेललाई साथै लिएर देउवा निवास पुगेका हुन् । जेनजी आन्दोलनमा बुढानीलकण्ठको घर जलेर क्षतिग्रस्त भएपछि देउवा महाराजगञ्जमा बस्दै आएका छन् । भेटमा कांग्रेस नेता आरजु देउवा राणा पनि सहभागी थिइन् ।

Advertisement

चुनावको मिति नजिकिँदै गर्दा कांग्रेस(एमालेले संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा दिएको रिटका विषयमा चर्चा भइरहेका बेला भएको ओली(देउवाबीच भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

यसअघि मङ्सिर १० गते पनि एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए ।

भेटका क्रममा एमाले र कांग्रेसले सर्वोच्च अदालतमा दर्ता गराएको मुद्दासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । कांग्रेस सभापति देउवा र एमालेका अध्यक्ष ओलीबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

शेयर गर्नुहोस:

648
Shares