मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

जेनजी अगुवा ढुङ्गानाको नेतृत्वमा शान्तिपूर्ण आन्दोलन घोषणा

जेनजी अगुवा ढुङ्गानाको नेतृत्वमा शान्तिपूर्ण आन्दोलन घोषणा


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । जेनजी अगुवा मिराज ढुङ्गानाको समूहले जेनजीको माग, मुद्दा सम्बोधन नभएको भन्दै १० बुँदे एजेन्डासहित आन्दोलनको घोषणा गरेको छ ।

सो समूहले पत्रकार सम्मेलन गरी युवाको भावनाबमोजिम सरकार सञ्चालन नभएको आरोप लगाउँदै सोमबारदेखि शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ । सो अवसरमा जेनजी अगुवा ढुङ्गानाले विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यसहित सुशासनका पक्षमा भएको गत आन्दोलनको मर्म र भावनाबमोजिम परिणाम आउन नसकेकाले आफूहरू पुनःसडकमा आउन बाध्य भएको बताए ।

Advertisement

उनले राज्यको पुनःसंरचना, राजनीतिक स्थिरता, निष्पक्ष न्याय र संविधान पुनर्लेखनसहित संवैधानिक सुधार, पक्राउ परेका जेनजी अभियन्ताको तत्काल रिहाइ र आन्दोलनका क्रममा युवाको हत्यामा संलग्न दोषीमाथि निष्पक्ष छानबिन गरी कडाभन्दा कडा कारबाही गर्ने माग गरे ।

सो समूहले आन्दोलनका घाइतेलाई उचित क्षतिपूर्तिसहित राहतको व्यवस्था, सहिद परिवारको सम्मान, रोजगारी र सुरक्षासहितको स्थायी व्यवस्था, सबै तह र निकायमा भएका भ्रष्टाचारको निष्पक्ष छानबिनका लागि शक्तिशाली भ्रष्टाचार निर्मूल आयोग गठन गर्न, विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न, उखु किसान र सहकारीपीडितलाई न्याय दिन तथा जेनजी आन्दोलनका क्रममा उठाइएका माग मुद्दालाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

शेयर गर्नुहोस:

135
Shares