मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह

निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै इलाम क्षेत्र नं २ का निवर्तमान सांसद् सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डल ।

शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद् सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै द्विविधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गरिन् ।

Advertisement

उनले भनिन्, “हामी चुनाव गराउनै लागिरहेका छौँ । असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौँ । शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ । अबको हाम्रो लक्ष्य चुनाव गराउने हो । चुनाव भएमात्र मुलुकमा दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ ।”

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार पूर्वसांसद् नेम्बाङले प्रधानमन्त्री कार्कीलाई चुनाव गराउन सफलता मिलोस् भनेर शुभकामना पनि दिइन् । प्रधानमन्त्री कार्कीले यहाँसँग चुनावमा उठ्ने तयारी के छ भनेर पनि जिज्ञासा राखेकी थिइन् । जवाफमा उनले चुनावको तयारी गरिरहेको बताए । प्रधानमन्त्री कार्कीले उनलाई शुभकामना दिँदै अब युवा नै अघि सर्नुपर्ने धारणा व्यक्त गरिन् ।

प्रधानमन्त्रीले भनिन्, “चुनाव हुन्छ, तयारी अवस्थामा रहनू । तपाईंहरुजस्तो युवा आउनुपर्छ र देशको बागडोर सम्हाल्नुपर्छ । अनि मात्र देशमा केही हुन्छ । बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरुमाथि शासन गरेर हुँदैन । पुरानाको अनुभव र सल्लाह काम लाग्ला तर चालक सिटमा युवा नै आउनुपर्छ । देश युवाले नै हाँक्नुपर्छ । युवामा साहस र ऊर्जा छ ।”

पूर्वसांसद् नेम्बाङले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्ग र पुल पुनर्निर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ स्थलगत अवलोकन गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिइन् ।

शेयर गर्नुहोस:

108
Shares