चितवन । नेपाली कांग्रेस चितवनले प्रतिनिधिसभा निर्वाचनका लागि चितवनका तीनवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फका उमेदवारहरुको सिफारिस गरेको छ ।
चितवन क्षेत्र नं–१, २ र ३ बाट प्राप्त सिफारिसलाई अनुमोदन गर्दै रायसहित केन्द्रीय समितिमा उमेदवारको सूची सिफारिस गरिएको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिए । यस्तै, राष्ट्रिय सभातर्फ पनि कांग्रेस चितवनले उमेदवारहरु सिफारिस गरेको छ ।
चितवन क्षेत्र नं–१ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ १२ जनाको नाम सिफारिस गरिएको छ । जसमा राजेन्द्रप्रसाद बुर्लाकोटी, इन्द्रकमल बुढाथोकी, उत्तम आचार्य, कुमार कार्की, वासुदेव ढुङ्गाना, कृष्णप्रसाद सुवेदी, सुवासचन्द्र बराल, भरतप्र्रसाद खनाल, गोविन्द गौतम, दीवाकर अर्याल, ऋषिश्वर थपलिया र महिला कोटामा गीता देवकोटा रहेका छन् ।
यस्तै, समानुपातिकतर्फ ६ जनाको नाम अगाडि सारिएको छ । जसमा सुशीला उप्रेती, शेरबहादुर परियार, गोपाल गिरी, बुद्धिसेन चौधरी, शोभा अर्याल र लीलाभक्त उप्रेती रहेका छन् । राष्ट्रिय सभा सदस्यतर्फ मानबहादुर थापा र भीमप्रसाद थपलियाको नाम सिफारिस गरिएको छ ।
चितवन क्षेत्र नं–२ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरिएको छ । जसमा जिल्ला सभापति राजेश्वर खनाल, देवेन्द्र गुरूङ, राजन कार्की, जीतनारायण श्रेष्ठ, विपेन्द्र रामुदामु (विपीन), गीताकुमारी गुरूङ, कैलाश कोइराला, भूपतिदास सापकोटा, मीनाकुमारी खरेल र विनोद ढकाल रहेका छन् ।
यसैगरी, प्रतिनिधिसभा समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस गरिएको छ । जसमा उमेश श्रेष्ठ, गौरीकुमारी श्रेष्ठ, डिलबहादुर नेपाली, देवकी गौतम, पार्वती शाह ठकुरी, इन्द्रमाया लामा, मिलनबाबु श्रेष्ठ, एलिजा अधिकारी, सुमित्रा अधिकारी, राजकुमार गुरूङ, कमलराज आचार्य, डोलराज रेग्मी, महेश बानियाँ र सूर्यप्रसाद श्रेष्ठ रहेका छन् ।
यस्तै, राष्ट्रिय सभातर्फ केशवराज कँडेल, शान्ति परियार, लक्ष्मी लामिछाने र ऋषिराज पाण्डेको नाम सिफारिस गरिएको छ ।
यसैगरी, चितवन क्षेत्र नं–३ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ १३ जनाको नाम सिफारिस गरिएको छ । जसमा दिनेश कोइराला, अन्जनी श्रेष्ठ, लालबहादुर दवाडी, विजयराज शर्मा भुसाल, साजनकुमार महतो, बेलबहादुर गुरूङ, कैलाश कोइराला, भरत गुरूङ, पूर्णबहादुर गुरूङ, रामप्रसाद अधिकारी, सूर्य ढकाल, तारानाथ पौडेल र भरतप्रसाद सापकोटा रहेका छन् ।
यसैगरी, प्रतिनिधिसभा समानुपातिकतर्फ १७ जनाको नाम सिफारिस गरिएको छ । जसमा उमेश श्रेष्ठ, सबिता बराल, विष्णुमाया परियार, तारा गुरूङ, कमला रानाभाट, रेशम दराई, कृष्णबहादुर भुजेल, उमेशचन्द्र पौडेल, लक्ष्मीकान्त दवाडी, हरिचन्द्र महतो, दलबहादुर गुरूङ, अन्जना लामिछाने भण्डारी, वीरबहादुर लोहनी (विश्वकर्मा), राजकुमार तामाङ, दीपक लामा, मीनबहादुर विश्वकर्मा र अनिता गैरे घिमिरे रहेका छन् ।
यस्तै, राष्ट्रिय सभा सदस्यतर्फ टेकप्रसाद गुरूङ, चन्द्रध्वज गुरूङ, रामकृष्ण घिमिरे, तोपमानसिं गुरूङ, कृष्णबहादुर घले, कर्णबहादुर गुरूङ र शिवनारायण गुरौको नाम सिफारिस गरिएको कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले जानकारी दिए ।











प्रतिक्रिया