मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर छैन : अध्यक्ष ओली

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर छैन : अध्यक्ष ओली


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी जति बलियो हुन्छ देशमा गणतन्त्र त्यति नै बलियो हुने दाबी गरेका छन् ।

एमालेको ११औँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई राष्ट्रियताको पहरेदार भन्दै नेपालमा ८० वर्षको इतिहासमा देशभक्त पार्टीको पहिचान बनाएको बताए ।

Advertisement

उनले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई अगाडि बढाएर देशमा गणतन्त्र नेपालको अग्रणी दलको पहिचान बनाएको भन्दै नेपाली विशेषतासहितको लोकतान्त्रिक गणतन्त्रको पहरेदारको रुपमा अगाडि बढिरहेको बताए ।

उनले मानवतावाद र न्यायको पालना गर्ने र विश्वशान्तिमा आधारित विदेश नीति रहेको पार्टीको परिचय एमालेले बनाएको दाबी गरे । उनले आजको परनिर्भरताको युगमा पनि आफ्नै पौरखको बलमा देशलाई समृद्ध बनाउन अगाडि बढेको बताए ।

अध्यक्ष ओलीले आफूहरु परिपूर्ण लोकतन्त्रको पक्षमा रहेको बताउदै राजनीति आमजनताको खुसीसँग सम्बन्धित हुनुपर्छ भन्ने मान्यतामा रहेको बताए । उनले आजको युगमा अनिर्वाचित सत्ता आफूहरुलाई मन्जुर नभएको बताउँदै जनताको मत जितेर शान्तिपूर्ण ढङ्गले देश सञ्चालन गर्नुपर्ने आफूहरुको स्पष्ट धारणा रहेको उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्र अजय र अजम्बरी भएको बताउँदै आफूहरु कमजोर भएमा राष्ट्रियता कमोजोर हुने दाबी गरे ।

शेयर गर्नुहोस:

162
Shares