मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सरकार र जेनजीबीच १० बुँदे सम्झौता

सरकार र जेनजीबीच १० बुँदे सम्झौता


शेयर गर्नुहोस:

1.1k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । लामो गृहकार्यपछि सरकार र जेनजीबीच १० बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिंहदरबारमा सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सम्झौता भएको हो ।

सम्झौतामा जेनजीले भदौ २३ र २४ गते गरेको गतिविधिलाई राजनीतिक–सामाजिक आन्दोलनको संज्ञा दिइएको छ । जेनजी आन्दोलनको मर्म र भावनाअनुसार शासन व्यवस्था सञ्चालनमा सरकारलाई योगदान गर्न जेन–जी परिषद् गठन गरिने सम्झौतापत्रमा भनिएको छ ।

Advertisement
ADVERTISEMENT

‘नेपाली जनताको सुशासनको तीव्र आकांक्षाबाट प्रेरित भै जेन–जीको नेतृत्वमा भएको जनआन्दोलनबाट प्राप्त जनादेश एवं संविधानले अङ्गीकार गरेका मूल्य मान्यतालाई आत्मसात गर्दै नेपाल सरकार र जेन–जी प्रतिनिधिबिच यो सम्झौता सम्पन्न गरिएको छ,’ सम्झौतापत्रमा भनिएको छ, ‘सम्झौताका उल्लिखित प्रावधानहरूको इमानदारिताका साथ प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्ष दृढ प्रतीज्ञा व्यक्त गर्दछन् ।’

 

शेयर गर्नुहोस:

1.1k
Shares