मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने साम्पाङको दाबी

आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने साम्पाङको दाबी


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

खाँदबारी (सङ्खुवासभा) । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने दाबी गरेका छन् ।

आज खाँदबारीमा आयोजित सङ्गठन बिस्तार तथा जागरण सभामा उनले विगतका वर्षमा देखिएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र सरकारी असफलताबाट जनताले वैकल्पिक शक्तिको खोजी गरेको बताए ।

Advertisement

अध्यक्ष साम्पाङले पार्टीले त्यही विकल्पका रूपमा अघि बढिरहेकाले पार्टीले जनसमर्थनसहित उल्लेख्य सफलता हासिल गर्ने जिकिर गरे ।

आफ्नो पार्टी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री पद्धतिको पक्षमा रहेको बताउँदै उनले भ्रष्टाचारविरुद्ध कठोर नीति अपनाउने बताए । उनले गाउँगाउँमा सङ्गठन बलियो बनाउँदै सामाजिक र आर्थिक रूपान्तरणमा जुट्ने बताए ।

शेयर गर्नुहोस:

81
Shares