मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

कांग्रेस एकताबद्ध भएर महाधिवेशन र निर्वाचनमा होमिने वातावरण बन्दैछ : नेता महर

कांग्रेस एकताबद्ध भएर महाधिवेशन र निर्वाचनमा होमिने वातावरण बन्दैछ : नेता महर


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले पार्टीलाई एकताबद्ध बनाएर यथाशीघ्र निर्वाचनमा होमिने वातावरण निर्माण भइरहेको र भोलिको बैठकसम्ममा पार्टीका सबै समस्या समाधान हुने बताएका छन् ।

स्ववियु परिषद् नेपालको राष्ट्रिय अधिवेशन२०८२ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै शिक्षा विभाग प्रमुखसमेत रहेका नेता महरले विधान र संविधानको सीमाभित्रै रहेर आज देश र कांग्रेस भित्रका सबै समस्याको निकास सम्भव रहेको बताएका हुन्।

शीर्ष नेतृत्व तहमा र अन्य समूहका बीचमा फरक/फरक ढंगले गहन छलफल चलिरहेको छ। पार्टी एकताबद्ध हुन्छ र यथाशीघ्र निर्वाचनमा ठाँडो शिरसहित होमिने वातावरण बन्दैछ,’ सम्बोधनका क्रममा नेता महरले भने, ‘अहिलेकै केन्द्रीय समिति मार्फत निकास निकाल्न हामी सबै प्रयासरत छौं।’

नेता महरले पार्टी नेतृत्वले विगतका अभ्यासहरूको समीक्षा गर्दै स्पष्ट मार्गचित्र (रोडम्याप) दिनुपर्नेमा जोड दिए। उनले भने, ‘हिजोदेखि गरी आएका वा अवलम्बन गरेका केकेलाई निरन्तरता दिने, केकेलाई परिमार्जन गर्ने र केकेलाई पूर्णतः निषेध गर्ने त्यसको रोडम्याप नेतृत्वले दिन सक्नुपर्छ। भोलिका कर्णधार पुस्ताले स्पष्टता खोजेको छ।’

उनले जेनजी पुस्ताको प्रतिनिधिका रूपमा रहेका स्ववियु परिषद्का प्रतिनिधिहरूले समाजमा फैलिँदै गरेको राजनीतिक चेतनालाई सही दिशा र गति दिनुपर्ने बताए। नेपालको शिक्षा नीति प्रविधि र आर्टफियल ईन्टी जेन्समा आएको परिवर्तन अनुसार समय सापेक्ष हुनु पर्ने जरुरी छ।

नेपालमै उच्च शिक्षा अध्ययनको सुरुवात पहिलो जननिर्वाचित प्रधानमन्त्री एंव कांग्रेसका संस्थापक बि पि कोइरालाले त्रिभुवन विश्वविद्यालय स्थापना गरेको प्रसँग सुनाउँदै महरले शिक्षामा २० प्रतिशत बढी लगानी आश्यक रहेको बताए।

आफू नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्ष हुँदा रूपान्तरणको एजेन्डा राख्दै समावेशी विधान निर्माण गरेको स्मरण गर्दै महरले ऐतिहासिक संघर्षपछि नेविसंघमा ३२ र स्ववियुमा २८ वर्षे हदबन्दी लगाएको विषय आज झनै सान्दर्भिक बनेको दाबी गरे।

पार्टीभित्र युवाहरूको सम्मानजनक उपस्थितिको वकालत गर्दै आएका महरले जारी केन्द्रीय समिति बैठकमा आफूले ठोस प्रस्ताव राखेको जानकारी दिए। उनले भने, ‘मैले जारी केन्द्रीय समितिमा युवाहरूको हरेक तहमा नेपाली कांग्रेसभित्र न्यूनतम ३३ प्रतिशत सहभागिताको ग्यारेन्टी गर्न प्रस्ताव पेस गरेको छु।’

शेयर गर्नुहोस:

81
Shares