मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा उमेदवारी घोषणा

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा उमेदवारी घोषणा


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उमेदवार बन्ने घोषणा गरेका छन् ।

मंगलबार एक वक्तव्य जारी गर्दै उनले पार्टी निर्माणमा गरेको योगदानको आधारमा महाधिवेशनमा अध्यक्ष पदको उमेदवारका रूपमा प्रस्तुत हुने निष्कर्षमा आफू पुगेको भन्दै उमेदवारी घोषणा गरेका हुन् ।

Advertisement

वरिष्ठ उपाध्यक्ष पोखरेलले वक्तव्यमा भनेका छन्, “पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उमेदवारी घोषणा गरेको हुँ ।”

उनले पार्टीका नेता तथा कार्यकर्ताको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

एमालेको महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनका लागि यही मङ्सिर १३ गते देश तथा प्रवासमा महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् । उनले प्रतिनिधि छनोटमा उच्च विवेकको प्रयोग, स्वस्थ, मर्यादित र निर्भयका साथ सक्रिय सहभागी हुन पार्टी सदस्यलाई आह्वानसमेत गरेका छन् ।

पार्टीको रक्षामार्फत राष्ट्र र नेपाली जनताको हित रक्षालाई सर्वोपरि मानेर अघि बढ्नु सबैको साझा दायित्व रहेको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आन्तरिक लोकतन्त्र समृद्ध भएकोे पार्टीले मात्र लोकतान्त्रिक समाजको निर्माण र नेतृत्व गर्न सक्नेसमेत बताए ।

उनले महाधिवेशनसमक्ष प्रस्तुत गर्ने आफ्नो राजनीतिक तथा साङ्गठानिक दृष्टिकोणको विस्तारित दस्तावेज निकट भविष्यमा सार्वजनिक गर्ने पनि उल्लेख गरेका छन् ।

शेयर गर्नुहोस:

216
Shares