काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या ६४ पुगेको छ । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ५६ वटा दल दर्ता भएकोमा सोमबार मात्रै थप ८ दल दर्ता भएका छन् ।
यस्तै, वेजेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, नुमनाथ प्याकुरेल नेतृत्वको राष्ट्रिय समुन्नत पार्टी र रमणकुमार कर्ण नेतृत्वको जनादेश पार्टी नेपाल आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि सोमबार दर्ता भएका छन् ।
निर्वाचन आयोगका अनुसार मङ्सिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने दल दर्ता गराइसक्नुपर्नेछ । प्रतिनिधि सभामा भाग लिन पहिलो दिन मंसिर १ गते १२ दल, दोस्रो दिन २ गते ५ दल, तेस्रो दिन ३ गते र चौथो दिन ४ गते ८-८ दल, पाँचौँ दिन ५ गते ७ दल, सातौँ ७ गते आइतबार १६ दल र आठौँ दिन सोमबार ८ दल दर्ता भएका छन् ।












प्रतिक्रिया