मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

अराजकताको राज धेरै लामो समय टिक्दैन : अध्यक्ष ओली

अराजकताको राज धेरै लामो समय टिक्दैन : अध्यक्ष ओली


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अराजकताको राज धेरै लामो समय नटिक्ने दाबी गरेका छन् ।

शनिबार राजधानी काठमाडौँमा एमालेको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै ओलीले देशको अहिलेको अवस्थालाई एमालेले छिटै अन्त्य गर्ने दाबी गरे ।

ओलीले वर्तमान सरकार संविधान र लोकतान्त्रिक विधि मिचेर र असंवैधानिक तवरले गठन भएको उल्लेख गर्दै सरकारले नै देशमा अराजकता, हिंसा र लुटपाटलाई प्रश्रय दिएको आरोप लगाए । जेनजीका नाममा केही व्यक्ति बोलाएर, तालिम दिएर सुशासनका नाममा घृणा फैलाउने काम भइरहेको उनले बताए ।

सम्बोधनका क्रममा ओलीले बारामा नियोजित रुपमा एमालेको कार्यक्रम असफल बनाउने काम भएको भन्दै एमालेलाई निषेध गर्ने क्रम जारी रहे सह्य नहुने चेतावनी दिए ।

उनले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सरकारको नाटक मात्रै भएकाले निर्वाचन हुन्छ भनेर भ्रम पाल्न नहुने बताउँदै दुर्गा प्रसाईंले सार्वजनिक गरेको भिडियोको यथार्थका बारेमा प्रधानमन्त्रीले जनतालाई जानकारी गराउनुपर्ने र प्रसाईंलाई गिरफ्तार गरेर यथार्थबाट भाग्न नमिल्ने बताए ।

एमालेले प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै स्थानीय, जिल्ला हुँदै काठमाडौँमा प्रदर्शन र सभा गरेको हो ।

शेयर गर्नुहोस:

81
Shares