मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

एमाले चुनावबाट भाग्ने पार्टी होइन : महासचिव पोखरेल

एमाले चुनावबाट भाग्ने पार्टी होइन : महासचिव पोखरेल


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

लुम्बिनी । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले कहिल्यै चुनावबाट नभाग्ने बताएका छन् । उनले आफ्नो पार्टी सबैभन्दा बढी जनताको ‘म्यान्डेट’ मा विश्वास गर्ने दल भएको दाबी गरे ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरको कार्यक्रममा महासचिव पोखरेलले फागुन २१ का लागि घोषित निर्वाचन गराउन सरकारको काम र क्रियाकलाप चुनाव केन्द्रित हुनुपर्ने तर त्यसो नदेखिएको बताए । उनले देशले सामना गरिरहेको राजनीतिक सङ्कट समाधानको सबैभन्दा उचित उपाय संसद् पुनःस्थापना जिकिर गरे ।

महासचिव पोखरेलले निर्वाचनका लागि सरकारले राजनीतिक दलसँग पर्याप्त छलफल र संवाद गरेर राजनीतिक सहमतिको ‘म्यान्डेट’ सहित संविधान अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

“चुनावमा महत्त्वपूर्ण भूमिका भएको प्रहरीको हतियार खोसिएका छन् । फरार कैदीबन्दी र लुटिएका हतियारका कारण समाज त्रसित छ, जसले गर्दा प्रहरी र नागरिकको मनोबल कमजोर छ”, उनले भने, “प्रहरी र नागरिक डरको मनोविज्ञानबाट बाहिर ननिस्कदासम्म चुनाव सम्भव कसरी हुन्छ ?”

देशलाई संवैधानिक बाटोमा हिँडाउनको लागि प्रतिनिधिसभा पुनःसंस्थापना, संविधान संशोधन गरेर युवाका माग सम्बोधन गरी ‘अर्ली’ चुनावमा जान सकिने महासचिव पोखरेलको धारणा थियो । भदौ २३–२४ का घटनालाई नियोजित षडयन्त्रको उपज भन्दै उहाँले त्यसको तथ्यगत छानबिन हुनुपर्नेमा जोड दिए ।

महासचिव पोखरेलले विचारका आधारमा मुलुक धुव्रीकृत नहुँदासम्म देशमा अस्थिरता रहिरहने बताए । उनले आगामी महाधिवेशनले सहमतिकै आधारमा सक्षम नेतृत्व चयन गर्नेसमेत बताए । “पार्टीको नीति र विचारका विषयमा दोस्रो विधान अधिवेशनले टुङ्गो लगाइसकेको छ । जेनजी प्रदर्शनका विषयमा पनि केन्द्रीय समितिमा पर्याप्त छलफल भएर पार्टीले धारणा सार्वजनिक गरिसकेको छ । अब आगामी महाधिवेशनले सहमतिमै सर्वसम्मत नेतृत्व चयन गर्ने छ”, उनले भने ।

शेयर गर्नुहोस:

135
Shares