मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

त्रिपक्षीय छलफलले निर्वाचनका लागि वातावरण बनाएको छ : नेताहरु

त्रिपक्षीय छलफलले निर्वाचनका लागि वातावरण बनाएको छ : नेताहरु


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । राजनीतिक दलका नेताहरुले सरकार, जेनजी र राजनीतिक दलबीचको त्रिपक्षीय संवादको थालनीले राज्यको प्राथमिकतामा रहेको निर्वाचनका लागि सकारात्मक वातावरण सिर्जना गरेको प्रतिक्रिया दिएका छन् ।

उनीहरुले गत भदौ २३ र २४ को जेनजी समूहको आह्वानमा भएको आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण संवादहिनताको अवस्था सिर्जना गरेकामा पछिल्लो त्रिपक्षीय छलफलबाट विश्वासको वातावरण कायम भई निर्वाचनमा जाने विषयमा अलिखित सहमति जस्तै भएको प्रतिक्रिया दिए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता माधव सापकोटाले भने, “त्रिपक्षीय छलफलपछि सहमत हुनसक्ने विषयमा समान धारणा बनाएर चुनावमा जानुको विकल्प छैन भन्नेमा अलिखित समझदारी जस्तै भएको छ । जेनजी अभियन्ताहरुले संसद् पुनःस्थापना होइन, चुनावका लागि तयार हुनुस् भन्नुभएको छ ।”

छलफलमा जेनजी समूहबाट भएको राम्रो तयारी, मर्यादित भाषाको प्रयोग, विषयवस्तुमाथिको अनुभव र जिम्मेवार प्रस्तुतिले पनि निर्वाचनमा सहमति कायम गर्न सहज तुल्याएको प्रतिक्रिया दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त त्रिपक्षीय छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले सरकार चुनावमा केन्द्रित छलफल र गृहकार्यमा लागिसकेकाले यस सन्दर्भमा आउने समस्या फूकाउने कार्य भइरहेको जानकारी गराएकी थिइन् ।

उनले भनिन्, “हामी चुनाव केन्द्रित छौँ । प्रत्येक दिन यसैगरी छलफल र गृहकार्य गर्छौं । कामको प्रगतिविवरण लिन्छौँ, समस्या फुकाउन लागिपरेका छौँ, अविश्वास चिर्दै विश्वासको वातावरण बनाउँदै छौँ । बोलेको कुरा पुर्‍याउँछौँ ।”

शेयर गर्नुहोस:

27
Shares