मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

समयमै चुनाव गर्न नसके सरकारको औचित्यमाथि नै प्रश्न उठ्ने

समयमै चुनाव गर्न नसके सरकारको औचित्यमाथि नै प्रश्न उठ्ने


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तोकिएकै मितिमा निर्वाचन गर्न नसकने सुशीला कार्की नेतृत्वको सरकारको औचित्यमाथि प्रश्न उठ्ने बताएका छन् ।

यो सरकारको मुख्य अभिभारा नै निर्वाचन भएकोले त्यसको लागि सरकार इमानदार बन्नुपर्ने उनको भनाइ छ । उनले अहिले सरकारको भूमिका नै चुनाव गराउने भन्दा पनि वातावरण खलबल्याउनेतर्फ उद्धत रहेको बताए ।

गृहजिल्ला डडेलधुराको जोगबुडामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । सुशीला कार्की नेतृत्वको सरकार जनादेश प्राप्त नभएकाले निर्वाचन सम्पन्न गर्नुपर्ने महरको भनाइ छ ।

उनले भने, ‘तत्कालीन समयमा राष्ट्रपतिको समन्वयमा आन्दोलनकारी, राजनीतिक दलका नेता र नेपाललाई माया गर्ने देशी विदेशी कूटनीतिक क्षेत्रका मित्रहरूको चाहना नै फागुन २१ गते निर्वाचन सम्पन्न गरेर देशलाई निकास दिने भन्ने हो ।’

शेयर गर्नुहोस:

108
Shares