मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

समयमै चुनाव गर्न नसके सरकारको औचित्यमाथि नै प्रश्न उठ्ने

समयमै चुनाव गर्न नसके सरकारको औचित्यमाथि नै प्रश्न उठ्ने


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तोकिएकै मितिमा निर्वाचन गर्न नसकने सुशीला कार्की नेतृत्वको सरकारको औचित्यमाथि प्रश्न उठ्ने बताएका छन् ।

यो सरकारको मुख्य अभिभारा नै निर्वाचन भएकोले त्यसको लागि सरकार इमानदार बन्नुपर्ने उनको भनाइ छ । उनले अहिले सरकारको भूमिका नै चुनाव गराउने भन्दा पनि वातावरण खलबल्याउनेतर्फ उद्धत रहेको बताए ।

Advertisement

गृहजिल्ला डडेलधुराको जोगबुडामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । सुशीला कार्की नेतृत्वको सरकार जनादेश प्राप्त नभएकाले निर्वाचन सम्पन्न गर्नुपर्ने महरको भनाइ छ ।

उनले भने, ‘तत्कालीन समयमा राष्ट्रपतिको समन्वयमा आन्दोलनकारी, राजनीतिक दलका नेता र नेपाललाई माया गर्ने देशी विदेशी कूटनीतिक क्षेत्रका मित्रहरूको चाहना नै फागुन २१ गते निर्वाचन सम्पन्न गरेर देशलाई निकास दिने भन्ने हो ।’

शेयर गर्नुहोस:

108
Shares