मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

ड्यालसमा उद्योग बाणिज्य महासंघ अध्यक्ष ढकालसँग अन्तरकृया हुँदै

ड्यालसमा उद्योग बाणिज्य महासंघ अध्यक्ष ढकालसँग अन्तरकृया हुँदै


अर्भिंग, टेक्सस — नेपाली डायस्पोरा समुदायमा आर्थिक सम्भावना र लगानीको विषयमा गहिरो चासो बढ्दो छ। यही सन्दर्भमा, आगामी शुक्रबार साँझ अर्भिंगको नमस्ते प्यालेसमा ‘हिमालय खबर व्यापार तथा लगानी सम्मेलन २०२५’ आयोजना हुँदैछ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँगको अन्तरक्रिया सत्र रहने हिमालयखबरले जनाएको छ ।

कार्यक्रमको तालिका अनुसार, ५:०० बजेदेखि सुरुवात हुनेछ, जहाँ सहभागीहरूबीच परिचय र अनौपचारिक संवादको अवसर हुनेछ। ५:३० बजे उद्घाटन समारोहपछि, ६ बजेको सत्रमा अध्यक्ष ढकालसँग प्रत्यक्ष अन्तरक्रिया गरिनेछ।

मुख्य मन्तव्य सत्रमा, अध्यक्ष ढकालले नेपालमा अहिले ‘लगानी अवसर र आर्थिक सम्भावना’ विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन्। पछिल्लो समयमा देखिएको लगानीको सुरक्षा, त्राश लगायत प्रतिफलका बारेमा ढकालले आफ्ना अनुभव र धारणा राख्नेछन् ।

सहभागीहरुले आफ्नो चासो र जिज्ञासा प्रश्नोत्तर सत्रमा प्रत्यक्ष प्रश्न राख्न सक्नेछन्।

कार्यक्रमको समापन ७:४५ बजे नेटवर्किङ सत्रले साँझलाई आत्मीय र प्रभावशाली बनाउने अपेक्षा गरिएको छ।

ढकालको उपस्थितिलाई लिएर टेक्ससको व्यवसायी समाजमा निकै चासो बढेको छ । नेपाली व्यवसायी, लगानीकर्ता, र समुदाय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहने अनुमान गरिएको छ। आयोजक हिमालय खबरले कार्यक्रमलाई समुदाय–व्यवसाय–नेपाल त्रिकोणको सेतुका रूपमा प्रस्तुत गर्दैछ।

शेयर गर्नुहोस:

2.5k
Shares