मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

विपद्सँग जुध्न ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने कांग्रेसको निर्णय

विपद्सँग जुध्न ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने कांग्रेसको निर्णय


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसले अविरल वर्षाका कारण देशभर उत्पन्न विपद्सँग जुध्न भ्रातृ संस्थाको ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने भएको छ ।

आइतबार पार्टी महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा भएको भ्रातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरूसँग ‘विपद्केन्द्रित विशेष बैठक’ ले भ्रातृसंस्थाको ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Advertisement

उनले भ्रातृसंस्थाका स्वयम्सेवक स्थानीयरूपमा परिचालित गरिसकेको बताए । कांग्रेसले भारी वर्षा र पहिरोका कारण विभिन्न जिल्लामा भएको मानवीय क्षतिले पूरै देशलाई मर्माहत बनाएको जनाएको छ ।

पार्टीले इलाम, रौतहट, खोटाङ, उदयपुरलगायत जिल्लामा भएको मृत्युका घटनाप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत सबैको आत्माको शान्ति कामना तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको मुख्यसचिव पौडेलले बताए ।

कांग्रेसले थप मानवीय क्षति हुन नदिन थप उच्च सतर्कताका लागि राज्य र स्थानीय स्वयम्सेवीहरूमा विशेष अपिलसमेत गरेको छ । विपद्को घडीमा राज्यको सूचना पालना गर्नु, आफू सुरक्षित रहनु र अरूको सुरक्षामा सहयोग गर्नु सबैको कर्तव्य भएको पनि पार्टीले जनाएको छ ।

यसैबीच, नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले असोज १७ देखि देशभर परेको अत्यधिक बर्सातका कारण नेपालका श्रमिक वर्ग मारमा परेको जनाएको छ ।

युनियनका महासचिव अजयकुमार राईद्वारा आइतबार एक विज्ञप्ति जारी गरी अत्यधिक वर्षाका कारण श्रमिक वर्ग प्रभावित भएको भन्दै प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

युनियनले बाढी प्रभावितको यथाशीघ्र उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारको ध्यानाकर्षण गराउँदै जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

“अविरल वर्षाका कारण धेरैले ज्यान गुमाउनाका साथै भौतिक पूर्वाधारको ठूलो क्षति भएको छ, अझै मानिसहरू बेपत्ता र बासविहीन भई विस्थापित हुनाका साथै कैयौँ घाइते भएका छन् । यस प्राकृतिक विपत्तिबाट गरिखाने श्रमजीवी वर्ग अझ नराम्ररी प्रभावित भएका छन्, उनीहरुको रोजगारीलाई समेत तत्कालका साथ दीर्घकालीन प्रभाव पर्ने देखिन्छ”, विज्ञप्तिमा भनिएको छ ।

शेयर गर्नुहोस:

54
Shares