मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

निर्वाचन कार्यमा सरकारलाई सहयोग गर्ने समितिको प्रतिबद्धता

निर्वाचन कार्यमा सरकारलाई सहयोग गर्ने समितिको प्रतिबद्धता


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिले देशमा उत्पन्न परिस्थितिका बीच घोषणा गरिएको निर्वाचन कार्यमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

समितिको आजको बैठकमा ‘जेनजी’ को आह्वानमा देशमा भएका घटनाबारे सदस्यहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो । देशमा नयाँ सरकारले निर्वाचन केन्द्रित गतिविधि बढाएकामा त्यसमा सहयोग पुर्‍याउन आवश्यक छलफल र परामर्श गरी सेवा प्रवाहमा सरलता तथा सहजता ल्याउन सहयोग पुर्‍याउने समितिले प्रतिबद्धता व्यक्त गरेको हो ।

Advertisement

यस्तै, जेनजी आन्दोलका क्रममा दिवङ्गत भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छभने घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

समितिले आगामी निर्वाचनअघि गर्नुपर्ने पुनःनिर्माण कार्यमा सरकारसँग नजिक रही आवश्यक परामर्श गरी सहयोग पुर्‍याउने प्रतिबद्धता जाहेर गरेको सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए ।

बैठकले गत आर्थिक वर्षभरि गरेको कामकारबाहीको समीक्षा गर्दै वार्षिक प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ । राष्ट्रियसभाको आगामी अधिवेशनमा उक्त प्रतिवेदन पेस गर्ने निर्णय गरिएको सचिव डा पाण्डेले बताए ।

बैठकले दसैँ, तिहार, छठलगायत चाडपर्वमा यातायातको सहजता र शान्ति सुरक्षा कायम गर्ने मामिलामा थप जिम्मेवार हुन सरकारलाई आग्रह गरेको छ ।

यस्तै, आगामी दिनमा सरकारका प्रतिनिधिलाई आमन्त्रण गरी देश र जनसरोकारका विषयमा छलफल गरी अघि बढ्ने पनि निर्णय भएको छ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले जेनजी आन्दोलनका घाइतेको निःशुल्क प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

बैठकमा यस विषम परिस्थितिमा राष्ट्रियसभाअन्तर्गतका समितिका कामकारबाहीलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको समिति सचिव सञ्जय दाहालले जानकारी दिए ।

बैठकमा दसैँ, तिहार, छठलगायतका चाडबाडमा आमनागरिकलाई यातायातको सहजता र शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन पनि सरकारलाई अनुरोध गर्ने निर्णय भएको उनले जानकारी दिए ।

समितिले तोकिएको मिति फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यमा सरकारलाई सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

शेयर गर्नुहोस:

54
Shares