काठमाडौं । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने म्यान्डेटसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी छन् ।
जेनजीले गरेको आन्दोलनपछि उनलाई नेपालको संविधान बमोजिम अन्तरनिहीत संवैधानिक अधिकार प्रयोग गरी राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
शपथलगत्तै प्रधानमन्त्री कार्की पदभार ग्रहणका लागि सिंहदरबार पुगेकी छन् ।
उच्च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री कार्कीले आज नै संसद् विघटनको सिफारिस राष्ट्रपतिसमक्ष गर्नेछिन् ।












प्रतिक्रिया