मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

जेनजीको अपडेट, कार्कीलाई प्रधानमन्त्री बनाउन छलफल सकारात्मक

जेनजीको अपडेट, कार्कीलाई प्रधानमन्त्री बनाउन छलफल सकारात्मक


शेयर गर्नुहोस:

1.2k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ – आन्दोलनरत समूह जेनजीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच भएको वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको दाबी गरेको छ।

जेनजीले केही घण्टा अघि कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्न अल्टिमेटम दिएको थियो। त्यसपछिको अद्यावधिक सन्देशमा समूहले शीतल निवासमा भइरहेको उच्चस्तरीय छलफलबाट सकारात्मक निष्कर्ष आउने विश्वास व्यक्त गरेको हो।

समूहका अनुसार कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा गम्भीर छलफल भइरहेको छ। यसैबीच, जेनजी अगुवा सुदन गुरुङले अधिवक्ता ओमप्रकाश अर्यालसँग गरेको टेलिफोन वार्ता सार्वजनिक गरेका छन्। उक्त वार्तामा अर्यालले संसद विघटन र अन्तरिम सरकार गठनका विषयमा केन्द्रित छलफल भइरहेको बताएका छन्।

 

शेयर गर्नुहोस:

1.2k
Shares