मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

बिहानै सुशीला कार्की प्रधानमन्त्री बन्ने तयारी

बिहानै सुशीला कार्की प्रधानमन्त्री बन्ने तयारी

राजा फर्कने हल्ला मात्रै


शेयर गर्नुहोस:

6.4k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ – मध्यरातमा राजा फर्कने भन्ने हल्लालाई खारेज गर्दै, शीतल निवासमा आज बेलुकी भएको छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निष्कर्षमा पुगेका छन्।

स्रोतका अनुसार संविधानको कुनै विशेष धारा नटेकी, “आवश्यकताको सिद्धान्त” को आधारमा यो निर्णय हुने भएको हो। यससँगै संसद विघटन नहुने, संविधान यथावत रहने र भोलि बिहान ९ बजेभित्र सुशीलाले प्रधानमन्त्रीको शपथ लिने तयारी भएको छ।

राष्ट्रपतिको कार्यकालभर शीतल निवासमै रहने स्पष्ट सन्देश दिइएको छ। आगलागीले क्षतिग्रस्त अघिल्लो भाग प्रयोगमा नभए पनि, विद्या भण्डारीको पालामा बनेको पछिल्लो निवासमा राष्ट्रपति पौडेल निरन्तर बस्दै आएका छन्।

आज त्यहीँ बसेको घनिभूत छलफलपछि प्रमुख दलहरूको सहमतिमा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रक्रिया अघि बढाइएको हो। उनले खिलराज रेग्मीको शैलीमै अन्तरिम सरकारको नेतृत्व लिने तयारी भएको बुझिएको छ।

शेयर गर्नुहोस:

6.4k
Shares