मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

‘सम्वादबाट नै वर्तमान समस्याको समाधान खोज्नुपर्छ’

‘सम्वादबाट नै वर्तमान समस्याको समाधान खोज्नुपर्छ’


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रजातन्त्रिक विचार समाजले मुलुकको वर्तमान परिस्थितिको समाधान शान्तिपूर्ण वार्ता र लोकतान्त्रिक विधिबाट नै खोज्न अपिल गरेको छ । समाजले आज एक विज्ञप्ति जारी गर्दै नागरिक समाजका सम्पूर्ण सङ्घ, संस्थालाई यस विषयमा एकताबद्ध र सक्रिय हुनसमेत अनुरोध गरेको छ ।

देशलाई पुनःअगाडि बढाउन राजनीतिक दल, नागरिक समाज र राज्यका वैधानिक संयन्त्र सक्रिय हुने र यिनको भूमिका प्रभावकारी रहने विश्वास राख्दै समाजले संवैधानिक र लोकतान्त्रिक माध्यमबाट नै राजनीतिक समाधान खोज्न आग्रह गर्दछ ।

Advertisement

यही भदौ २३ र २४ गते दुई दिनमा नेपाली समाजले मानवनिर्मित नितान्त अनपेक्षित मानवीय र भौतिक क्षति बेहोर्नुपरेको र अवस्था अत्यन्त अनिश्चित भएको समाजको ठहर छ ।

शान्तिपूर्ण आन्दोलन नागरिकको संवैधानिक र मौलिक अधिकार भएपनि हिंसा सभ्य दुनियाँको निम्ति अस्वीकार्य हुने समाजका अध्यक्ष कुलचन्द्र वाग्लेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने घोषणसहित सडकमा आएको जेनजी समूहकातर्फबाट नै आफ्नो आन्दोलनमा अवाञ्छिन तत्वको घुसपैठ र षड्यन्त्र भएको समाजले जनाएको छ ।

सोमबार र मङ्गलबार भएको प्रदर्शनका क्रममा निधन भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै समाजले शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

शेयर गर्नुहोस:

54
Shares