काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संसद् विघटन गरेर अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका छन्।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि जेन–जी प्रतिनिधिहरूले अघि सारेको प्रस्तावलाई समर्थन जनाउँदै उनले संसद् विघटनको माग राखेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपतिलाई सम्बोधन गर्दै बालेनले लेखेका छन्, “जेन–जीहरूले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकार गठन र संसद् विघटन अविलम्ब गर्नुहोस।”












प्रतिक्रिया