काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा र कर्फ्यु यथावत राख्ने घोषणा गरेको छ।
सेनाले जारी गरेको विज्ञप्तिअनुसार भदौ २६ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु कायम रहनेछ।
तर अत्यावश्यक कामका लागि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न पाइनेछ। एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा खाद्यान्न, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारीसाधनलाई भने निषेधाज्ञाबाट छुट दिइनेछ।
यस्तै, विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले आफ्नो परिचयपत्र देखाएर कार्यालय आवतजावत गर्न पाउने व्यवस्था मिलाइएको सेनाले जनाएको छ।













प्रतिक्रिया