मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

परिस्थितिलाई सहज तुल्याऔँ : पूर्वअध्यक्ष रेग्मी

परिस्थितिलाई सहज तुल्याऔँ : पूर्वअध्यक्ष रेग्मी


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकमा विकसित पछिल्लो परिस्थितिलाई सहज तुल्याउँदै राष्ट्रिय सम्पति, सम्पदा र परम्परामा आधारित मूल्य–मान्यताको संरक्षणमा ध्यान पुर्‍याउन आह्वान गरेका छन् ।

देशको पछिल्लो घटनाबारे संक्षिप्त कुराकानी गर्दै उनले युवा पुस्तालगायत आमनागरिकले शान्तिपूर्ण आन्दोलनमार्फत आफ्ना माग, मुद्दा र असन्तुष्टि राख्न पाउनु लोकतान्त्रिक प्रक्रिया भएको बताए ।

पूर्वअध्यक्ष रेग्मीले भने, “आन्दोलनलाई मर्यादित र शान्तिपूर्ण रूपमा गरिनुपर्छ । नेपाल र नेपालीको पहिचानकारूपमा इतिहासदेखि रहेका महत्त्वपूर्ण सम्पदा र धरोहरलाई हानी नोक्सानी पुर्‍याउनु हुन्न, संरक्षणमा ध्यान पुर्‍याउनुपर्छ, यी हाम्रा महत्त्वपूर्ण नीधि हुन् ।”

उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरे । साथै उनीहरूको परिवारजनप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

शेयर गर्नुहोस:

108
Shares